वागमती प्रदेशको भौतिकमन्त्रीमा रामेश्वर फुँयाल नियुक्त , ४ बजे शपथ

Rameshwor-Fuyal

काठमाडौं । वागमती प्रदेशको भौतिक योजना तथा विकासमन्त्रीमा रामेश्वर फुयाल नियुक्त हुने हुनुभएकाे छ । काठमाडौं ३ का प्रदेशसभा सदस्य रहनुभएका फुयालले ४ बजे मन्त्री पदको शपथ लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो । १५ महिनादेखि रिक्त मन्त्रालयमा प्रदेशका मुख्य सचेतक रहेका फुयाललाई प्रस्ताव गरिएको थियो । यसअघि नै प्रधानमन्त्री र मुख्यमन्त्रीबीच सल्लाह भए पनि केन्द्रीय कमिटी बैठकले गर्दा केहि दिन ढिला गरिएकाे थियाे । नेकपाको केन्द्रीय सदस्यसमेत रहनुभएका फुयाल काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुहुन्छ ।

केशव स्थापितको बर्खास्तीपछि खाली रहेको मन्त्रालयको जिम्मा फुँयाललाई दिने पक्का भएको हो ।

प्रतिक्रिया

सम्बन्धित