धुम्बाराही स्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा, प्रधानमन्त्री ओली अनुपस्थित

1579062314oli_sir_1

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

धुम्बाराहीमा रहेको पार्टी केन्द्रीय कार्यालय मा बिहीबार बिहान आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुक सहभागीता रहेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।

नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको अवसर पारेर फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको थियो भने पार्टी एकतापछि शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गर्न थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित