सांसद उपाध्यायको निधनपछि प्रधानमन्त्रीको सम्बोधन सारियो

Capture_5

काठमाडाैं । प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार संसदमा गर्ने भनेको सम्बोधन शनिबारलाई सेको छ ।  शुक्रबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको भए पनि सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि उक्त सम्बोधन सरेको हो ।

कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा पत्र पठाए पछि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने आजको कार्यक्रम स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार विहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी गराएका हुन ।

प्रतिक्रिया

सम्बन्धित