सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरको छ।
भ्रष्टाचार प्रकरणमा मुछिएका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त नगरेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने घोषणा गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
बिहीबार बैठकको सुरुवातमा नै कांग्रेसका जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बाँस्कोटाको टेप प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिदा सम्म संसद बैठक अवरुद्ध गर्ने बताएका छन् । उनले टेप प्रकरणबारे तत्काल छानबिन हुनु पर्ने पनि माग गरेका छन्।
अवरोधका कारण राष्ट्रियसभाको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित गरिएको छ।
प्रतिक्रिया