प्रधानमन्त्री ओलीको ६९ औं जन्माेत्सब, आफ्नो जन्मघरमा मनाउँदैं
तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीको आज परेको ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाउने भएका छन्।
त्यसका लागि उनी आइतबार बिहानै काठमाडौँबाट तेह्रथुम प्रस्थान गरेका छन् । जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका आउँने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ।
प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन जारी गरेको छ भने विद्यार्थीलाई पनि स्वागतमा खटाइएको छ।
ओलीले जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई आफ्नो तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ ।
जन्मदिनको अवसर पारेर ओलीले जन्मघरमा हुने कार्यक्रममा नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने छन् ।
त्यस्तै छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया