राष्ट्रपति भण्डारी त्रिपुरासुन्दरीमा जाँदै, नागरिक अभिनन्दन गरिने

bidhya-bhandari11

बैतडी । बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छन् ।

राष्ट्रपति भण्डारी यही फागुन १५ गते दिउँसो २ बजे राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्राबासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उनले बताए ।
यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित