राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई बनाउने नेकपाको निर्णय

unnamed_2

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको बताइएको छ ।

गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित