कोरोना फैलिएको देशमा उडान रोक्ने सरकारको तयारी, भाइरसले अमेरिकामा एकजनाको मृत्यु
काठमाडौँ ।
नोवेल कोरोना भाइरसको संक्रमण कोरिया, युरोप , अमेरिका र मध्यपूर्वका देशहरूसम्म देखिएपछि सरकारले मुलुकमा रोकथामका लागि उच्च सतर्कता अपाउने निर्णय गरेको छ । भाइरसका कारण अमेरिकामा एकजनाको मृत्यु भएको छ । वासिङ्गटनका अनुमानित उमेर ५० वर्ष भएका व्यक्तिको नोवेल कोरोना भाइरसको मृत्यु भएको हो । विश्वब्यापि बन्दै गएको भाइरसको संक्रमण र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपाललाई उच्च जोखिममा राखेसँगै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको बैठक बोलाएर नेपालमा कोरोना संक्रमण भित्रिन नदिने गम्भिर छलफल गर्नु भएको छ ।
आन्तरिक राजनीति भन्दा पनि कोरोना भाइरसको समस्याले नेपालमा समाधान वर्तमान आवश्यकता भएको निष्कर्ष सहित सरकारले पूर्व तयारी गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन समेत गरेको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्ने र आबश्यकता अनुसार रोकथामका लागि निर्णय समेत गर्नेछ । बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न र्निदेशन समेत दिनुभएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । कोरिया इटली, कतारमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ ।
प्रतिक्रिया