प्रधानमन्त्रीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दै, मिर्गौला नातिनीले दिने
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुने भएको छ । नातिनीसँग ‘म्याच’ भएपछि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुने लागेको हो । स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् ।
प्रधानमन्त्री ओलीका नजिकका आफन्त तर्फकी नातिनीको नाम गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।
यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेको बताइएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल नै रोजेको स्रोतको भनाइ छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै हुदै आएको छ भने उहाँको एपेन्डिसाइटिसको शल्यक्रिय समेत सोही अस्पतालमा सफल भएको थियो ।मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुनु हुने भएको छ ।
प्रतिक्रिया