प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, चार बजे पत्रकार सम्मेलन
काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणगर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा विस्तारै सुधार हुदै गएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि हिजो बेलुका तरल पदार्थ (पानी) खानुभएको र आज बिहान कालो चिया खाएको डाक्टरहरुको भनाई छ ।
यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, सांसद तथा उच्च पदस्थ अधिकारी, शुभचिन्तक र शुभेच्छुकहरु अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिहेका छन् । बिहीबार विहानै प्रधानमसेनापति पुर्णचन्द्र थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा विभिन्न सांसदहरु समेत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार अस्पतालले प्रधानमन्त्री ओलीको दैनिक स्वास्थ्य अपडेट प्रतयेक दिन दिउँसो ४ बजे जानकारी गराउँने र आज पनि दिउसो ४ बजे नै उहाँको स्वास्थ्यबारे जानकारी दिने पनि बताउनुभएको छ ।
प्रतिक्रिया