भारतीय राजदूत क्वात्रा र नेपाल बीच भेटवार्ता

Capture_2

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।

भेटमा दुई देशबीचको सम्बन्ध कसरी बलीयो बनाउने भन्ने बारेमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार ओहोदाको प्रमाणपत्र बुझाइसके पछि भारतीय राजदूत राजनीतिक भेटघाटमा व्यस्त दखिनुभएको छ ।

फागुन १८ मा नेपालका लागि भारतको राजदूत बनेर काठमाडौं आउनुभएका राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित