प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिकाे जानकारी लिन प्रचण्ड बालुवाटारमा
काठमाडौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिदै शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।
बिहान ११ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेर फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । भेटका क्रममा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको थियो ।
फाइल फोटो
प्रतिक्रिया