अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना नभएको ह्वाइट हाउस चिकित्सकद्वारा पुष्टि

Trump

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोनाभाइरस सङ्क्रमण नभएको ह्वाइट हाउसका चिकित्सकले बताएका छन्। ‘यो साँझ मैले कोरोनाभाइरस परीक्षण नकारात्मक रहेको पुष्टि भएको पाएँ,’ शन कन्लीले आइतवार एउटा वक्तव्यमा भनेका छन्।

फ्लोरिडास्थित आफ्नो रिजोर्ट ब्रजिलबाट आएको एउटा प्रतिनिधिमण्डलसँग भेटघाट गरेपछि ट्रम्पले कोभिड—१९ को परीक्षण गराएका थिए। उक्त भेटमा सहभागी केही प्रतिनिधिलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएको थियो।

ब्रजिलका राष्ट्रपतिका एक सहयोगी फाबियो वाइनगटन पनि उक्त भेटघाटमा सहभागी थिए। उनलाई सङ्क्रमण भएको पुष्टि भयो।

‘ब्राजिली प्रतिनिधिमण्डलसँग मारालागोमा रात्रिभोज गरेको एक सातापश्चात् राष्ट्रपति सङ्क्रमण मुक्त रहेका छन्,’ कन्लीले भने। त्रिहत्तर वर्षीय ट्रम्पले उक्त भेटपछि पनि आफूमा कुनै पनि लक्षण नदेखिएको भन्दै अलग्ग नबसी नियमित काम गरिरहेका थिए।

तर ह्वाइट हाउसमा आयोजित एउटा पत्रकार सम्मेलनमा ट्रम्पले सङ्क्रमण परीक्षण गराए कि गराएनन् भनेर सोधिएपछि उनले परीक्षण गराउने बताएका थिए। ह्वाइट हाउसका चिकित्सकले उनले गत शुक्रवार परीक्षण गराएको बताए। -बीबीसी

प्रतिक्रिया

सम्बन्धित