‘मिस्टर एण्ड मिस बेस्ट’ हुँदै
काठमाडौं । युथ कृयसन नेपालको आयोजनामा ‘मिस्टर एण्ड मिस बेस्ट मोडल–२०२०’ र ‘मिस्टर एण्ड मिस एसईई बेस्ट मोडल अफ द एयर–२०२०’ हुने भएको छ । जसका लागि पहिलो अडिसन सम्पन्न भएको छ । यस्तै, दोस्रो अडिसन १५ चैतमा हुने बताइएको छ ।
प्रतियोगितामा सबै वर्गका र जातका अविवाहित युवायुवतीले सहभागी जनाउन पाउने बताइएको छ । प्रतियोगिताको उद्देश्य मोडलिङ क्षेत्रमा भविष्य बनाउने सोचमा रहेका युवायुवतीलाई मार्गनिर्देशन गर्ने रहेको बताइएको छ ।
आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङका अनुसार प्रतियोगितामा अन्य सौन्दर्य प्रतियोगिताभन्दा भिन्न तरिकाले प्रतिभाको मुल्यांकन गर्ने दावी गरे । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गर्ने भएका छन् ।
यस प्रतियोगितामा १६ देखि ३० बर्षसम्मका युवायुवतीले आवेदन दिन सक्नेछन् । अडिसनबाट छानिएका प्रतियोगिलाई ब्यक्तित्व बिकास, रन–वे मोडलिङ, फेसनलगायतका बिभिन्न प्रशिक्षण दिइने जनाइएको छ । प्रतियागिताको फाइनल आगामी २६ बैशाखमा हुने जनाइएको छ ।
प्रतिक्रिया