२४ घन्टामा कोरोना कारण उद्गमस्थल चीनमा कुनै मानवीय क्षति भएन

30_China
बुहान । विश्वभर नै महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस उद्गमस्थल चीनको नियन्त्रणमा आएको छ । विशेषगरी युरोप र अमेरिकामा ठूलो क्षति गराउनेतर्फ उन्मुख भइरहेको भाइरसले चीनमा भने विगत २४ घन्टामा एक जना पनि मानिसको मृत्यु नहुनुले चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको विश्वास मान्न सकिन्छ ।

चीनको बुहानबाट सुरु भएको चीनमा अहिलेसम्म जम्मा ३ हजार ३ सय मानिसको मृत्युभएको तथ्यांक सार्वजनिक भएको छ । चीनमा भन्दा धेरै मानिस त हालसम्म इटाली, स्पेनले गुमाइसकेका छन् भने अमेरिका, फ्रान्स र इरानले छिटै जित्ने जस्तो अनुमान गराउन सकिन्छ ।

हालसम्म चीनमा ८१ हजार ४ सय ३९ जना संक्रमित देखिएका छन् भने त्यसभन्दा धेरै संक्रमित अमेरिका र इटालीमा देखिएको छ । यसअघि चीनको बुहानमा जनजिवन सामान्यीकरणतर्फ उन्मुख भइसकेको छ । उद्गमस्थल बुहानमा सार्वजनिक बस र पसलहरु खुल्न थालिसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित