थ्रेसहोल्ड नराख्न आग्रह गर्दै देउवा निवास पुगेका साना दल निराश

sher-bahadur-deuba-08-1457411828काठमाडौं : प्रमुख दलहरु राजनीतिक दलसम्बन्धी एेनको विधेयकमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने तयार भएपछि साना दलहरू भने त्यसको विरुद्धमा लागेका छन् । थ्रेसहोल्ड नथप्न एक सुत्रीय मागसहितको ज्ञापन पत्र लिएर कांग्रेस सभापति शेरवहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका साना दलका नेताहरूलार्इ समापति देउवाले निराश बनाएका छन् । भेटका क्रममा थ्रेसहोल्डका विषयमा आफू एक्लैले कुनै निर्णय लिन नसक्ने भन्दै सभापति देउवा पन्छिएपछि साना दलका नेताहरु निराश बनेका हुन् । नेकपा माले, नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्तलगायत साना १७ दलका ८ नेता सभापति देउवा निवास पुगेर थ्रेसहोल्ड तीन प्रतिशत नराख्न आग्रह गरेका हुन् । ज्ञापन पत्र बुझाउन माले महासचिव सिपी मैनाली, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपा संयुक्तकी प्रमिला राना, राष्ट्रिय जनमोर्चाकी मिना पुनलगायत नेताहरूले बिहान ९ बजे सभापति देउवालार्इ उनकै निवास बुढानीलकण्ठ पुगेका थिए। उनीहरुले सभापति देउवालाई तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था खारेज गर्न माग गरे। अब हुने निर्वाचनबाट समानुपातिकतर्फबाट कुल ११० प्रतिनिधि मात्रै निर्रवाचित हुने भएकाले करिब ९० हजार भोट ल्याउनेले मात्रै प्रतिनिधित्व पाउने भन्दै साना दलहरुले त्यही व्यवस्थालाई थ्रेस होल्ड मान्नुपर्ने बताउँदै आएका छन्। संसद्को राज्य व्यवस्था समितिमा छलफलको अन्तिम चरणमा रहेको राजनीतिक दलसम्बन्धी विधेयक घटीमा तीन प्रतिशतसम्म थ्रेसहोल्डका राख्ने कि नराख्ने भन्ने विषयमा सहमति हुन नसकेका कारण समितिबाट पारित हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित