गोविन्दराज जोशीको उम्मेदवारी खारेज

काठमाडौं : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरूद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगको शनिबार बसेको बैठकले तनहुँ क्षेत्र नं. १ मा जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा आयोगबाट निर्देशन माग गरेको थियो । सोही सम्बन्धमा आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर गर्न निर्वाचिन अधिकृतको कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए । जोशीविरुद्ध कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेलेले उजुरी दिएका थिए । पौडेलले शुक्रबार जोशीको उम्मेदवारी खारेजीको माग गर्दै तनहुँ निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दायर गरेका थिए। आफ्नो विरुद्ध उम्मेदवार बनेका जोशी भ्रष्ट्राचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भैसकेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ घ अनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने पौडेलको माग थियो। विशेष अदालतले २०७४ साउन १० गते जोशीलाई दोषी ठहर गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित