नारायणकाजी एमालेमा प्रवेश गर्ने हल्लाले बाम गठबन्धनभित्र तरंग

narayankaji

 काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको प्रस्टिकरण दिएका छन् । अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए । आफूले पार्टी एकताका लागि प्रचण्डलाई कुनै दबाब नदिएको तर सहयोग गरिरहेको श्रेष्ठले बताए ।

 श्रेष्ठले एमाले र माओवादीबीचको पार्टी एकता छिटै हुने दाबी पनि गरे । नले केही समय सरकार चलाउनका लागि मात्रै एकता हुन लागेको नभै देश र जनतालाई उपलब्धि दिनका लागि दुई दल मिल्न लागेको बताए । जनताको जीवन फेर्ने गरी अगाडि बढ्नका लागि समाजिक न्यायसहितको समृद्धि हासिल गर्नु नै अहिलेको लक्ष्य भएको श्रेष्ठले बताए ।

 संविधानअनुसार समाजवादको बाटोतर्फ जाने गरी सैद्धान्तिक रुपमा दुई दलबीच एकता गरिने उनको भनाई छ । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता भएकाले सम्मानजनक एकता हुनुपर्ने श्रेष्ठको भनाई छ । ‘लक्ष्यमुखी, सिद्धान्तनिष्ठ र सम्मानजनक एकता हुन्छ’, श्रेष्ठले भने ।

 

प्रतिक्रिया

सम्बन्धित