समुद्री आँधीको प्रभाव नेपालमा, काठमाडौंमा आज यस वर्षकै सबैभन्दा जाडो

bp don

    काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा बढि जाडो भएको छ । राजधानीको आज विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो । मैसम पुर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । आँधीको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना रहेको पनि महाशाखाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित