सांसद बस्नेतको पहलमा भक्तपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्ने

mahesh basnet hallकाठमाडौं । लामो प्रयासपछि सरकारले भक्तपुरमा अहिलेसम्मकै ठूलो क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी स्थल बनाउने भएको छ । भक्तपुरमा सम्मेलन केन्द्र बनाउने विषयमा विगत लामो समयदेखि स्थानीय स्तरमा नै विवाद उत्पन्न हुँदै आएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले भक्तपुरमा नै सम्मेलन केन्द्र बनाउनु पर्ने आवाज उठाइरहेका थिए ।

लामो समयदेखि स्थानिय जनतासँगै भक्तपुरको विकास र समाजसेवामा प्रत्यक्ष सहमागिता जनाउँदै आएका बस्नेतले भक्तपुरमा बसेर विकास विरोधी काम नगर्न पटक–पटक आग्रह गर्दै आएका थिए । सरकारले नयाँ सम्मेलन केन्द्र बन्ने जग्गाको पहचिान गरेर निर्माणका लागि प्राविधिक तयारी सुरु गरेको छ ।

नयाँ बानेश्वरमा रहेको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनमा सारिनु र भृकटीमण्डपको प्रदर्शनी कक्षको क्षमता सानो हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरु गर्न पनि समस्या भइरहेको अवस्थामा भक्तपुरमा ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने तयारी भएको हो ।

शहरी विकास मन्त्रालयले सानोठिमीमा ५ हजार व्यक्ति एकैपटक अटाउने क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन डिजाइनिङको काम थालेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार हालसम्म बजेटको व्यवस्थापन नभएको बताउँदै डिजाइनपछि नै सम्मेलन केन्द्र कस्तो, कति लागतको र कहिलेसम्म बन्ने भन्ने टुंगो लाग्ने बताए ।

सम्मेलन केन्द्र सानोठिमीस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गामा बन्ने भएको छ । यहाँ प्रशक्षिण केन्द्रको १८९ रोपनी जग्गा छ । सरकारले यो सबै जमिन उपयोग गर्ने गरी शहरी विकास मन्त्रालयलाई सम्मेलन केन्द्रको डिजाइन गर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभा सदस्य एवम् पूर्व उद्योग मन्त्री बस्नेतले यस अघि पनि कोटेश्वरमा हुँदै आएको ट्राफिक जाम न्यूनिकरण गर्नका लागि जडिबुटी–बालकुमारी सडक खोल्न, हनुमन्ते नदि करिडोर निर्माण र भक्तपुरको विकास निर्माणमामा प्रत्यक्ष सहभागिताका साथ काम गर्दै आएका छन् । सांसद बस्नेतकै लामो प्रयासपछि सरकारले भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित