अरुको मृत्युको समाचार शीर्षक पढ्ने हामी आफ्नै मृत्युको समाचार शीर्षक नबनौं

111_article

111_article

कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिना घरभित्रै बसिरहेका छौं । एकातिर कोरोनाका कारण विश्वमा यति संख्या पुग्यो भन्दै गनेर बसेका हामीहरु अहिले नेपालकै संक्रमित र मृतक संख्या गन्न छाडेका छौं भने अर्कातिर रोगको डरबीच भोकको सुर्तामा हिँड्न बाध्य भएका छौं ।

सञ्चारमाध्यमहरु अहिलेका दिनमा कोरोना संक्रमित र कोरोनाबाट मृतकका समाचारहरुले भरिने गरेका छन् । कहिले उदयपुरको भुल्के, कहिले बाँकेको नरैनापुर, कहिले वीरगञ्ज र कहिले रुपन्देही अनि कहिले मेडिकल सिटी चितवन हटस्पटको समाचार पढ्दै गरेका हामीहरु केही दिनदेखि केन्द्रीय राजधानीका कहालीलाग्दो तथ्यांक केलाउन व्यस्त भएका छौं ।

आज पाँचौं दिन, लगातार एक हजारभन्दा बढी संक्रमित देखिएको दिन । यसरी गन्दागन्दै ४५ हजारभन्दा बढी संक्रमित पुगिसके भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८० पुगिसक्यो । विश्वमा करोडौंलाई संक्रमित बनाइसकेको र लाखौं मानिसको ज्यान लिइसकेको कोरोनाले नेपालमा पनि विस्तारै आप्mनो प्रभाव देखाउन थालेको छ ।

दिनभरि काम गरेर साँझ खान पर्ने हामीहरुका लागि यस महामारी ज्यादै अभिसाप बनेको छ । सरकारको निर्णयको बन्दी हुन बाध्य हामीले दैनिक गुजाराका लागि समाधानको उपायहरु सोच्न नसकिरहेको अवस्था छ । यही करिब ६ महिनाको अवधिमा करिब २५ सय बढी मानिसहरुले आत्महत्या गरेको कहाली लाग्दो तथ्यांक सार्वजनिक भइरहेको अवस्था छ । यदि रोगसँगसँगै भोग मार्ने उपायको सम्भावना नदेखिएमा यो तथ्यांक कति पुग्ला त्यो अनुमान गर्न मात्रै सकिन्छ ।

नेपालको छिमेकी मुलुक भारतमा दैनिक करिब लाख बढी संक्रमित देखिन थालिरहेको अवस्था छ । सोही नेपाललाई तीन तिरबाट घेरेको मुलुकका कारण पनि नेपालमा तत्काल कोरोना संक्रमण नियन्त्रणमा आउनसक्ने सम्भावना देखिँदैन । चीनमा करिब ८ महिनाअघि देखिएको कोरोना भाइरसबाट बच्ने औषधी अहिलेसम्म बन्न सकेको छैन । संसारका मै हुँ भन्ने मुलुकहरु सबैभन्दा बढी महामारीको चपेटामा परेका छन् ।

अहिलेसम्म हामी अरु देशको तथ्यांक केलाउँदै बसेका थियौं, तर अहिले आप्mनै देशको परिवेश नियाल्न बाध्य बनेका छौं । विश्वका सर्वशक्तिमान् मुलुकहरुले अहिलेसम्म पत्ता लगाउन नसकेको यस रोगको औषधी नेपालमा आउने वा नेपालीले पाउने भन्ने सम्भावना शुन्यप्रायः नै छ ।

त्यसैले पछिल्लो समयमा स्थानीयतहले घोषणा गरेको निषेधाज्ञा र लकडाउनको पूर्ण पालना गर्नु शिवाय अर्को उपाय छैन । पछिल्ला दिनमा निषेधाज्ञा एवं लकडाउनको पालना गर्नुभन्दा पनि तोड्नमा उद्वेलित बनेका छौं ।

हामीहरुको सबैभन्दा ठूलो औषधी भनेको हामीलाई रोग नसार्नु नै रहेको कुरामा सबै स्पष्ट हुन आवश्यक छ, अन्यथा विश्वका अरु देशका, अरु मानिसका समाचार शीर्षक पढ्ने हामी आफैं समाचारको शीर्षक बन्न सक्छौं ।

प्रतिक्रिया

सम्बन्धित