पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ ।
तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र विदेशी हवाइ कम्पनीले समेत चासो देखाएका प्राधिकरणले जनाएको छ ।
विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति मागेका छन् ।
पोखराका मेयर धनराज आचार्यले आफुसँग पनि विभिन्न ४ वटा विदेशी एयरलाइन्स कम्पनीले भेटेरै पहिलो उडानमा चासो दिएको बताए । ‘मसँग ज्ञारेण्टी माग्नुभएको छ । केही आन्तरिक व्यवस्थापन हामीले मिलाउनुपर्ने भएको छ,’ उनले भने, ‘४ वटा कम्पनीले मलाई नै भेटेर सहजीकरणको प्रश्ताव गर्नु भएको छ ।’ खासगरी पोखराको ल्याण्डफिल साइट हटाउन नसक्दा अहिले बढी समस्या देखिएको छ ।
बुद्ध एयरले पोखरालाई हब बनाएर भारतका तीन प्रमुख शहरमा उडान भर्ने तयारी गरेको छ । बनारस, नयाँ दिल्ली र देहरादुनमा बुद्धले उडान भर्न लागेको हो । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट समेत भैसकेको छ । प्रतिवेदन पाएपछि उडानका लागि थप सहयोग पुग्छ । क्यालिब्रेसन फ्लाइटका लागि थाइ एयर पोखरा आएको थियो ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_04q8yfYlL6_ily8wr5dxllr1wqityrs9s0ayqf7apndf2xipdmkdmm4yr3kogb7gzfprph8.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_LqqzHCtbXn_qdaoiin1xilzqcr7cvzcbm52iyaq1k0k8h8g9ptcm3vkb25vpcezmyam4lrn.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_PcwBqyMgO8_wkctg9leiwsyeuutigtagchozncyhikru6nfpohhb0lmwin2oziun6rpywgg.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_QxaqzjRX44_s9xdz5tz0tvy1mlguympitbtjc3ju3gpuasst9jbgmwrcycliwmydoy11lmb.jpg)
प्रतिक्रिया