भारत–पाकिस्तान खेल: रिजर्ब डे मा खेल सुरु हुँदै, वर्षाका कारण पूरै खेल हुनेमा आशंका

काठमाडौं– भारत–पाकिस्तान एसिया कपको प्रतियोगिता रिजर्ब–डे मा पनि वर्षाको सम्भावना देखिएको छ। कोलम्बोमा सोमबार बिहानदेखि वर्षा भइरहेको छ। अहिले भने वर्षा रोकिएको छ।
तर आज पनि खेल पूरा हुनेमा आशंका छ। मौसम पूर्वानुमानका अनुसार यहाँ १०० प्रतिशत वर्षा हुने आशंका गरिएको छ।
एक दिनअघि आइतबार यो सुपर फोरको प्रतिस्पर्धा वर्षा र भिजेको मैदानका कारण रोकिएको थियो। जो आज रिजर्ब डे मा प्रेमदसा स्टेडिममा खेलिनेछ।
खेल फेरि त्यहिँबाट सुरु हुनेछ जहाँ आइतबर रोकिएको थियो। खेल रोकिनुअघि भारतले २४.१ ओभरमा दुई विकेट गुमाउँदै १४७ रन बनाएको थियो। आज त्यहि स्कोरबाट खेल अघि बढ्नेछ।
भारतका लागि आइतबार ओपनर सुभमन गिलले ५८ रन बनाएका छन्। उनले आफ्नो वान डे करिअरमा आठौं अर्धशतक पूरा गरेका हुन्। उनले ५२ बलमा १० चौका हानेका थिए।
यस्तै कप्तान रोहित शर्माले पनि आइतबार अर्धशतक बनाए। उनले आफ्नो ५० औं अर्धशतक पूरा गरेका छन्। आइतबारको खेलमा उनी ४९ बलमा ५६ रन बनाएर आउट भएका थिए। उनले ६ चौका र ४ छ्क्का हानेका थिए।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_jeTvbpSKQa_thr9l9p5et5bu4ohupsfhmoekrq2ewqlhdtbqbgtvogjmgq3qab6jvdbqhjb.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_L0AzYJAPhY_twn0ejfobcrsgdc9hartxriltt5t9w5sa5hoqlsz0b5tiyatoeadrpubotze.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_VZlYTrcq9W_tsqolotvvsg0wxbudqyfpmpkviivlfdhsm5ps2cwn2slzxjamon5kblgicv6.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_H0Ws3bTxMh_s0vc2x2o2n4g0fmey2ncuo2xgzpeg8kjaoprtrccepwjnaekhkb1mlg8ftyr.jpg)
प्रतिक्रिया