एमालेको अग्रता कायमै, कांग्रेस र माओवादीको यस्तो हालत

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा एमालेले जितको संख्या ५० पुर्याउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई फलो गरेको छ भने माओवादी पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

 अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ । मतगणनामा ७ नम्बर प्रदेशका पहाडी जिल्ला सबैभन्दा अगाडि छन् । त्यस्तै प्रदेश नम्बर १ र ५ का पनि पहाडी जिल्लाकै धेरै नतिजा आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित