एमाले उम्मेदवारका घमण्डले कसलाई घाटा ?

काठमाडौं : नेकपा एमालेका उम्मेदवारहरूमा देखिएको घमण्ड र अहंताले आखिर उनीहरूलाई नै मतदाताले पाठ सिकाउने भएका छन् । प्यूठान, दाङ, मोरङ, सुनसरी, रुपन्देहीसहितका जिल्लाहरूमा एमालेका उम्मेदवारमा यति धेरै घमण्ड देखियो कि, उनीहरूभन्दा अरु कोही छैनन् । एमालेको पक्षमा मतदाता छैनन् भनेर कसैले भनेका होइनन् । तर, मतदाता छन् भन्दैमा एमालेका केन्द्रीय नेता र उम्मेदवारहरूको घमण्डले आगामी दिनमा विपक्षी दलका नेता तथा कार्यकर्ताहरूलाई ठूलै समस्या पर्ने देखिन्छ । प्यूठानमा एक व्यापारीको गाडी एमालेका उम्मेदवारहरूले चुनावी कार्यक्रममा प्रयोग गरेको थाहा पाएपछि माओवादी केन्द्रका कार्यकर्ताहरूले फुटादिएका छन् । बा ९ च ६५१४ नं.को सो गाडी एमालेका तर्फबाट प्यूठान नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेले चढ्दै आएका थिए । हाइलक्स गाडीका मालिक बालाजुका श्रेष्ठ थरका व्यक्ति हुन् । यति मात्रै होइन एमालेका उम्मेदवारहरूले प्यूठान र दाङ जिल्लामा मतदाताहरूलाई प्रभावित बनाउन पैसा समेत बाँडेका थिए । उनीहरूले कांग्रेस र माओवादीलाई आरोप लगाए पनि भित्रभित्रै पैसा बाँडेर भोट किनेको आरोप छ । झापा जिल्लामा त झन् एमालेले नाङ्गो नाच देखाएको छ । दाङमा कांग्रेसका उम्मेदवारहरूको मानमर्दन गरेको आरोप छ । एमालेका नेता शंकर पोखरेलको कमाण्डमा दाङमा ठूलै भाँडभैलो गरिएको कांग्रेसले आरोप लगाएको छ । घमण्डी नेता भनेर चिनिने शंकर पोखरेलले यस पटक दाङमा धेरै वितण्डा मच्चाएका थिए । उनको यो कार्यशैलीको धेरै आलोचना पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित