जनताबाट टाढिदै राजपाका नेताहरू

काठमाडौं । छिटपुट घटना बाहेक स्थानीय तह निर्वाचनको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । विभिन्न स्थानमा मतगणता समेत सुरु भइसकेका छन् । केही ठाउँमा मतगणनाको तयारी हुँदै छ । कांग्रेस र माओवादी केन्द्र गठबन्धनले बीस वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन गरेका छन् । मध्य तराईको २ नं. प्रदेश बाहेक सबै प्रदेशमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा अभुतपूर्व समर्थन देखिएको छ । मध्य असारमा पनि मतदाताको उत्साहपूर्ण उपस्थितिले प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाललगायतका दलहरूले आफ्नो अस्तित्वलाई कायम राखेका छन् ।

 यदि कोही छुटेको छ भने त्यो हो मधेस केन्द्रित दलहरू । विशेष गरेर महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल । राजपाले लोकतान्त्रिक पद्धति निर्वाचनलाई बहिष्कार गर्दा जनताबाट उनीहरू पनि बहिष्कृत भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले राजपालाई पटक–पटक निर्वाचनमा सहभागी गराउन ठूलो प्रयास गरे । तर, उनीहरूको व्यक्तिगत हठका कारण मधेसी जनता र स्थानीय नेताहरू निर्वाचन प्रक्रियाबाट बञ्चित हुन पुगेका छन् ।

अब उनीहरू पाँच वर्षसम्म स्थानीय तहबाट बाहिर रहने छन् । स्रोतका अनुसार भारतको सुझाव र खटनपटनबाट चल्दै आएका मधेस केन्द्रित दलका नेताहरूले जनताको चाहना के छ भनेर कहिल्यै सोच्न सकेनन् । उनीहरू सधै आफ्नो स्वार्थलाई नै ध्यान दिए । राजपा नेपालका संसदीय दलका नेता शर्वेन्द्रनाथ शुक्लाले आफ्ना नेताहरूलाई रुपन्देहीमा स्वतन्त्र रुपमा उम्मेदवार उठाएर लोकतान्त्रिक प्रक्रियालाई बहिष्कार गरेनन् ।

 उनी त्यस क्षेत्रको सांसद भएकाले उनले आफ्ना मतदाताप्रति इमान्दारिता देखाएका छन् । यसलाई प्रसंसा गर्नुपर्छ ।अब पनि राजपा नेपालका नेताहरू निर्वाचनमा आउन विभिन्न बहानाबाजी गर्छन् भने त्यसले मुलुकलाई अझै बिभाजनतिर लैजाने छ । अब मधेस केन्द्रित दलहरू राष्ट्रियता र मधेसी जनताको पीडालाई निर्वाचनले मलम लगाउनु पर्छ । असार १४ गतेको निर्वाचनले मधेस केन्द्रित दलहरूलाई झापड दिएको छ । अब यो झापडलाई उपदेशका रुपमा लिएर काम गर्नुपर्ने नेताहरू बताउन थालेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकबाट

 

प्रतिक्रिया

सम्बन्धित