पैसा उठाउन विप्लब माओवादी लगाएर अपहरण, दुबै पक्ष प्रहरीको फन्दामा
के भएको थियो ?
महर्जन दम्पती आफूहरू ठगिएको भन्दै गत महिना प्रहरी कार्यालय पुगे । सुरुमा कालिमाटी वृत्त गए । वृत्तले उजुरी लिन नमानेपछि उनीहरू टेकुस्थित महानगरीय प्रहरी परिसर पुगे । तर, परिसरका प्रहरीले त्यस्तो लेनदेनसम्बन्धी घटनाको आफूले अनुसन्धान नगर्ने बताए । पसल बिक्री र जडीबुटीको व्यापारको आफूहरूको २० लाखभन्दा धेरै डुबेको भन्दै दुवैले रोइकराई गरे, तर पनि प्रहरीले देवानी प्रकृतिको मुद्दा भएको भन्दै अदालत जान सुझाए ।
उनीहरूले तीन लाख रुपैयाँमा कविता दाहाललाई कालिमाटीको कस्मेटिक पसल बेचे । तर, पैसा आएको थिएन । पैसा माग्ने क्रममा कविता र उनका प्रेमी गोपालबाबु श्रेष्ठले जडीबुटीको व्यवसायमा पैसा लगानी गरे वर्षमा लाखौँ कमाई हुने प्रलोभन दिए । उनीहरूले अरू पैसा महर्जन दम्पतीलाई दिए । आजभन्दा भोलि भन्दै दम्पतीले उनीहरूलाई झुलाइरहे । न त पसलको पैसा पाए न त जडीबुटीको व्यापारका लागि भनेर गरेको लगानी नै फिर्ता आयो । त्यसरी उनीहरूको करिब २० लाख रुपैया“ फसेको थियो ।
गोपालबाबु र कविता नयाँ बसपार्कको तनहुँ, स्याङ्जा, पर्वत होटलमा बस्दै आएका थिए । होटलमा दुईवटा कोठा लिएर उनीहरू रवाफिलो जीवन बा“च्दै आएका थिए । पैसा फिर्ता दिने छनक थिएन । प्रहरीले पनि गुनासो नसुनेपछि उनीहरूको पीडा बढ्दै गयो । चिनजानका राजेश नामक व्यक्तिले नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरूले थर्काए । त्यसपछि उनीहरूले पैसा दिने आश्वासन दिए । सोहीअनुसार राजेशले महर्जन दम्पतीलाई उक्त पार्टीको राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङलाई चिनाए । तामाङले निश्चित पैसा आफूलाई चाहिने र फसेको पैसा उठाइदिने आश्वासन दिए । सोहीअनुसार महर्जन दम्पतीले आफूलाई ठगी गर्ने व्यक्तिहरूलाई देखाउन शनिबार दिउँसो नयाँ बसपार्कको होटलमा लिएर गए । ‘हामी विप्लव माओवादीका मान्छे हौँ, तपाईहरूसँग काम छ, हिँड्नोस्’ भन्दै लिएर गए । उनीहरूले ट्याक्सीमा राखेर गोपालबाबु र कवितालाई शंकरदेव क्याम्पस अगाडि रहेको राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यालयमा राखे । केहीबेर कुरा गरेपछि थप कागजपत्र लिन भन्दै अपहरण गर्नेमध्ये केही व्यक्ति गोपालबाबुलाई लिएर फेरि होटलमा पुगे । उनीहरूले ९३ लाख रुपैया“ लेनदेनको कागज गर्न लागेका थिए ।प्रहरीको कन्ट्रोलमा विप्लव कार्यकर्ताले होटलबाट एक दम्पतीलाई अपहरण गरेको भन्दै खबर पुगिसकेको थियो । होटलकै सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान सुरु गरिसकेको थियो । एक टोली होटलमै छेउछाउ बस्यो भने अर्को टोली अपहरणकारीको खोजीमा लाग्यो ।अपहरण गर्नेहरूले गोपालबाबुलाई लिएर होटलमै गएका थिए । त्यसकारण त्यहाँ बसेको टोलीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिइहाल्यो । त्यसपछि कवितालाई खोज्न प्रहरी बागबजार आयो । प्रहरीले पक्राउ गरेको सूचना कार्यालयमा अर्को टोलीले पाइसकेको थियो । कवितालाई कार्यालयभित्रै बन्धक बनाएर भाग्न लागेको अवस्थामा अञ्जु भारती र मदनकृष्ण महर्जनलाई पक्राउ गरेको हो । अपहरणका मुख्य नाइके राजमान र राजेश भने भाग्न सफल भएका छन् । अपहरणमा संलग्न नेकपाका नेता दोलखा घर भएका शक्ति विश्वकर्मा, मदनकृष्ण महर्जन, अञ्जु देउला महर्जन र अञ्जु भारतीलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाएको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।अपहरित पनि थुनामाअपहृत भनिएका व्यक्तिविरुद्ध पहिले नै प्रहरीमा ठगीको उजुरी परेको थियो । त्यसकारण उनीहरूलाई पनि ठगी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जडीबुटी व्यापारको नाममा उनीहरूले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । कतै न्याय नपाएपछि आफूहरूले उक्त बाटो अपनाउनु परेको उनीहरूले बताएका छन् । तर, पैसा उठाउन गलत बाटो अपनाउँदा उनीहरू झन् पीडामा परेका छन् ।नयाँ पत्रीकामा खबर छ
प्रतिक्रिया