दुई अभियुक्तलाई जोगाउने गृहमन्त्रीको विबादास्पद अभिव्यक्ति
चितवन । गृहमन्त्री जनार्दन शर्माले जन्मकैदको फैसला सुनाइएका बालकृष्ण ढुंगेलको पक्राउ प्रकरण र टीकापुर घटनाका अभियुक्त रेशम चौधरी परिवारलाई सरकारले दिएको क्षतिपूर्ति बारे मुख खोलेका छन् । चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति दिने निर्णयबारे सर्बत्र आलोचना भैरहेको बेला चौधरी परिवारको भौतिक क्षति भएकोले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको उनले बताए ।
प्रहरी तालिम केन्द्रमा प्रहरी प्रमुख प्रकाश आर्याल र गृहसचिव लोकदर्शन रेग्मीसँगै उपस्थित भएका गृहमन्त्री शर्माले प्रहरी संगठनको मनोवल नगिराउने र अदालतमा मुद्धा चलेको विषयमा केही नबोल्ने बताए । सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेल कहिले पक्राउ पर्छन् भन्ने प्रश्नमा गृहमन्त्री शर्माले सर्वोच्चको आदेशको कार्यान्वयन हुने मात्र बताए ।
गृहमन्त्री शर्माले सोमबार बाँकेको खजुरा गाउँपालिकाको रनियाँपुरमा माओवादीको चुनावी सभालाई सम्बोधन गरेका थिए । गृहमन्त्री शर्मा भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा प्रहरी सहायक निरिक्षक पदमा दीक्षित प्रहरीहरुको दीक्षान्त समारोहमा सहभागी हुन चितवन आएका हुन् ।
प्रतिक्रिया