‘मधेसधी नेताका अघि सरकारको लाचारीपन’
इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्। इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै खनालले सरकारको लाचारीपनले चुनाव सरेको र चुनाव सार्नुपर्ने कुनै कारण नभएको बताए। उनले भने–‘मधेसका दुई चार जना नेताले अघि सरकारले लाचारीपन देखायो।’ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताए। रासस
प्रतिक्रिया