के हुँदैछ बानेश्वरमा प्रमुख तीन दलबीच ?

काठमाडौं : विभिन्न वहानामा प्रतिपक्षीसहितका दलहरुले संसद सुचार गर्न नदिएपछि सोही सम्बन्धमा सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्ती समेतको उपस्थितिमा प्रमुख तीन दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।  बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्र्ष नेता, प्रमुख सेचत, कानुनमन्त्री सहितको उपस्थिति छ । बैठकमा संविधानको दोश्रो संशोधन र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा राजनीतिक सहमति खोज्ने प्रयास गरिने नेताहरुले बताएका छन् । प्रमुख प्रतिक्षी नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएपछि विहीबारको बैठक राजनीतिक सहमतिका लागि भन्दै सुचना टांसेर शुक्रबार विहान १० बजे सम्मका लागि स्थगित गरिएको थियो । यता, नेपाली कांग्रेस र नेकपा माओवादीले भने महाअभियोग प्रस्ताव कुनै पनि अवस्थामा फिर्ता लिन नसकिने बताउँदै आएका छन् । महाअभियोग प्रस्ताव फिर्ता नलिने भए तत्काल संसद बैठकमा भोटिङमा लैजानुपर्ने एमालेको प्रस्तावमा पनि सत्तासाझेदार दलले असहमति जनाएपछि संसदको गतिरोध उत्पन्न भएको हो । बैठकमा सभामुख घर्ती, उपसभामुख गंगा यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ, कानूनमन्त्री अजय शंकर नायक र तीनै दलका प्रमुख सचेतकहरुको उपस्थिति छ ।

प्रतिक्रिया

सम्बन्धित