ओली, निधि र सिलवाल कसका मान्छे ?
डिआइजी सिलवालकै कारण निधिले गृहमन्त्रीको पद गुमाउनु परेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र निधिले सिलवाललाई काखी च्याप्दा पद गुमाउनु परेको घामजस्तै छर्लङ्ग भएको छ । यहाँ सोचनिय विषय के छ भने निधि देउवाका विश्वासपात्र त छँदै थिए, उनी भारतको पनि निकटका व्यक्ति हुन् ।
भारतको इच्छा अनुसार काम गर्दै आएका निधिले सिलवालाई भारतकै इसारामा अगाडि सारेका हुन् । देउवाको रुची नहुँदा नहुँदै बिभिन्न बखेडा झिकेका निधिले अन्त्यमा सिलवालकै कारण पद गुमाउनु परेको छ । यी सबै प्रकरणले ओली, निधि र सिलवाल भारतको इच्छाबमोजिम चलेको बुझ्न सकिन्छ । जति नै ठूला राष्ट्रवादी कुरा गरे पनि भारतकै उक्साहटमा ओली, निधि, सिलवाल र प्रधानन्यायाधीस सुशीला कार्कीले डिजाइनमा काम गरेको रहस्य खुल्दै छ ।
कार्कीले पनि भारतीय डिजाइनमा काम गरेको चालपाएपछि कांग्रेस सभापति शेरबाहदुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको अधिकार रक्षार्थ महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका हुन् ।भारतको सबैभन्दा नजिकका व्यक्ति निधिले सिलवाल र कार्कीको पक्ष लिएर देउवालाई धोका दिनु भनेको सानो कुरा होइन ।
देउवाले विश्वास गरेका व्यक्ति नै भारतको भक्त भइदिएपछि उनले के गरुन् ? त्यसैले सिधा कुरा छ भारतको नजिकका निधिले ओली, कार्की र सिलवालको पछाडि लागेर पदबाट राजीनामा दिनु भनेको संयोग मात्रै होइन ।भारत नेपालमा आफूले भने अनुसारको काम हुन नसकेपछि ओली, निधि र कार्कीलाई प्रयोग गरेर संविधान कार्यान्वयन हुन नदिने पक्षमा छ भन्ने कुराको पुष्टि पनि भएको छ । त्यसैले यिनीहरूका भित्री रहस्यलाई देउवा र प्रचण्डले विफल बनाई दिएका हुन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया