चुनाव हुन्छ होइन भइसक्यो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब चुनावप्रति शंका नगर्न सबैलाई आग्रह गरेका छन् । आजको संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले चुनाव हुन्छ भनेर प्रश्न गर्ने भन्दा पनि भइसक्यो भनेर बुझ्न आग्रह समेत गरेका छन् । चुनाव हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने–‘चुनाव हुन्छ हैन, अब चुनाव भइसक्यो, अब चुनाव हुन्छ त भनेर प्रश्न नसोध्नुहोस्।’ चुनाव सुनिश्चित भइसकेकाले त्यस विषयमा शङ्का पैदा हुनेगरी समाचार सम्प्रेषण नगर्न पनि उनले नगर्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित