एमालेको नक्कली राष्ट्रवादको मुकुण्डो जनतासामु उतारिन्छ : गगन थापा
कांग्रेस कार्यलयमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेता थापाले एकदिन एमालेको नक्कली राष्ट्रवादको मुकुण्डो जनतासामु उतारिने उल्लेख गरे नेता थापाले एमालेले गल्ती गर्दा जोगाइदिनेहरुलाई नै अराष्ट्रवादी भन्दै हिँड्दा जनताले के सोच्छन् भन्ने हेक्कासमेत एमाले नेतृत्वले नराखेको बताए।
उनले संविधान संशोधनका सन्दर्भमा एमालेको धारणा आपत्तिजनक भएको पनि बताए। नेता थापाले देशलाई अप्ठ्यारोमा पुर्याएर प्रदेश निर्माणको विरोध गर्नेहरु संघीयताको मर्म विरोधी भएको बताए।
प्रतिक्रिया