५५ वुँदे प्रतिवद्धता जनाउँदै स्वतन्त्र उम्मेदवार बन्दै दिलीप

dilip neupaneझण्डै दुई दशकपछि स्थानिय निकायको निर्वाचन हुने भएको छ । जसका कारण जनतामा खुसीयाली छाएको छ । सरकारले बैशख ३१ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ । यतिबेला गाउँ र नगरमा उम्मेदवार घोषणा गर्नेहरुमा मात्र मात्र होइन चिया पसलमा समेत निर्वाचनको वहस हुन थालेको छ । उम्मेदवारहरुले नयाँ एजेण्डाका साथ आफू चुनावी मैदानमा उत्रिन लागेको भन्दै जनतालाई विश्वास दिलाउँदै आएका छन् । यतिबेला स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न दलहरु आफ्नो चुनावी दौडमा देखिएका छन् । तर ती सबै दौडमा फरक उचाइ लिन चाहने युवा नेता हुन् दिलिप न्यौपाने । भर्खरै मात्र नगरपालिका बनेको ललितपुरको गोदावरीलाई ‘मेरो नगर मेरो रहर’ बनाउने उद्देश्यका साथ न्यौपानेले पनि मेयरको पदमा उम्मेदवारी दिने भएका छन् । उनी भन्छन्–‘मैले नेतृत्व गर्ने मौका पाएँ भने गोदावरीलाई आजसम्म कसैले बनाउन नसकेको सुन्दर, सर्व–सेवा सुविधासम्पन्न नगरीका रुपमा विकास गर्ने छु ।’ न्यौपाने स्वतन्त्र मेयरका रुपमा गोदावरीमा उम्मेदवारी दिंदैछन् । काठमाडौंबाट दक्षिणतिर रहेको ललितपुरको गोदावरी नगरपालिकामा ७८ हजार ३ सय ६१ को जनसंख्या रहेको छ । अन्य उम्मेदवार र तपाईंमा के फरक छ त ? भन्ने प्रश्नमा न्यौपाने भन्छन्–‘मेरो बुझाइ, भोगाइ, पढाइ र देखाइका आधारमा मैले दिने भिजन अरुले दिएछन् भने म त्यतिबेला भनुला, अथवा मैले दिने जतिको विकासका लागि योगदान अरुले दिएछन् भने स्वीकार गरुँला, तर सानो बालकदेखि वृद्ध आमाबाले समेत मैले दिएको भिजनबाट प्रभावित छन्, उनीहरुले स्थानीय चुनावमा बाबु तिमीले उठ्नै पर्छ भने पछि म आफूले चुनावमा होमिने निर्णय गरेको हुँ ।’ तत्कालीन चापागाउँ गाविस–७ मा आजभन्दा करिब ४३ वर्ष अघि जन्मिएका उनी सानै उमेरदेखि फरक काम कसरी गर्न सकिन्छ भन्दै नयाँ सोच साथ अघि बढेका छन् । बेलायतदेखि युरोपका जर्मनी, फ्रान्स जस्ता अतिविकसित मुलुकदेखि नेपालभन्दा पनि कम विकसित मुलुक कम्बोडिया, नेपाल र उस्तै उस्तै विकासमा रहेका छिमेकी मुलुकहरु, नेपाल भन्दा अझै अघि बढेका चीन, भारत, श्रीलंका जस्ता दर्जनौं मुलुकको भ्रमणबाट मुलुक कसरी बनाउन सकिन्छ भन्ने भिजन आफूले सिकेका उनको दाबी छ । १३ वर्षदेखि विभिन्न एनजीओ र आईएनजीओमा सिकेको अनुभवलाई गाउँको विकासमा प्रयोग गर्ने सोचमा छन् न्यौपाने । आफू मेयर भएमा राज्यले दिने कुनै पनि सुविधा नलिइ गोदावरीबासी जनताको हितका लागि काम गर्ने उनी बताउँछन् । तपाईले नयाँपन के पस्कदै हुनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्–‘नगरका हरेक सार्वजनिक क्षेत्रमा वाइफाई फ्रि जोन हुने छ । हरेक वडामा एक एक ओटा बालग्राम रहने नयाँ कन्सेप्ट मैले ल्याएको छु, जुन अरु दलका नेताहरुले त बुझ्नै सक्तैनन् तर, हाम्रो टोलटोलका बालबालिकाहरु उत्साही छन् । ७८ वर्ष उमेर पुगेका अतिज्येष्ठ नागरिक मानेर अतिरिक्त भत्ता दिइने छ भने, ६५ वर्ष उमेर पुगेका, जुनसुकै वर्ग वा उमेरका अपाङ्गहरुलाई आफ्नो नगरभित्र निःशुल्क बस सेवा उपलब्ध गराउने योजना दिएका छन् । नगरका हरेक वडामा इ–लाइबे्ररी बनाइने छ । अति गरिब जनताका छोराछोरीलाई विद्यालय शिक्षा निःशुल्क दिइने । उच्च माध्यमिक तहसम्म नगरभित्र अनिवार्य शिक्षा त्यो पनि निःशुल्क गराउने सोच सहित अघि बढेकु छु ।’ गाउँ र सहरको दूरी घटाउन र नगरदेखि दुर्गम क्षेत्रमा रहेका गाउँहरुमा नयाँ कृषिलाई औद्योगीकरण गर्ने बताएका छन् । जमिनलाई टुक्रा टुक्रा पार्ने नभई औद्योगिक खेतीका लागि चक्लाबन्दी गर्ने, सामूहिक खेती प्रणालीमा जाने, कम्पनी मार्फत् जमिनको अधिकतम उपयोग गर्ने नीति उनले ल्याउने छन् । कृषिमा अन्य दलहरुले यस्तो सोच्न समेत सकेका छैनन्, जुन उनको सोच छ । प्रत्येक वडामा अपाङ्ग मैत्री तथा महिला मैत्री स्नान गृह तथा सार्वजकिन शौचालयहरु बनाइने छ । जहाँ जुन उत्पादन हुन्छ, त्यसैका लागि प्राथमिकता दिएर पकेट क्षेत्र बनाइने छ । गहुँका लागि, धानका लागि, तकारीका लागि, जौका लागि फरक फरक पकेट क्षेत्र हुन सक्छन् । त्यसैगरी उनले भूकम्पी पिडितका लागि पनि नयाँ योजना ल्याउने भएका छन् । न्यौपानेले आफ्नो प्रतिवद्धतामा नगरको विकासको मेरुदण्ड भनेको सडक भएकाले यस अघिका सबै गाउँ विकास समितिलाई जाड्ने सामरीक महत्वको ४ लेनको सडक बनाउने अफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले हाल भईरहेको कच्चि सहकको स्त्तरोन्नती गरि फूटपाथ सहितको दुई लेनको सडक बनाईने पनि प्रतिवद्धता जनाएका छन् ।

यस्ता छन् न्यौपानेका प्रतिवद्धताहरु :

dilip

१ ) नगरको विकासको मेरुदण्ड भनेको सबैभन्दा पहिलो सडक हो । यस अघिका सबै गाउँ विकास समितिलाई जाड्ने सामरीक महत्वको ४ लेनको सडक मेरो पहिलो प्राथमिकता रहनेछ । २) हाल भईरहेको कच्चि सहकको स्त्तरोन्नती गरि फूटपाथ सहितको दुई लेनको सडक बनाईनेछ । ३) नगर भित्र रहेका कृषि योग्य जमीन र त्यसबाट उत्पादन हुने कृषि फसल लाई वजार सम्म पु-याउनको लागि कृषि सडकको परिकल्पनाको साथ सडक निर्माण गरिनेछ । ४) गोदावरी नगर पालिका बाट ललितपुरको हालको केन्द्र लगनखेल जोड्ने विशेष महत्वको सडक निर्माणको लागि केन्द्रिय स्तरमा समन्वय गरी स्थानीय जनसहभागीताको आधारमा चारलेनको सडक निर्माणमा विशेष पहल गरिनेछ । ५) साँस्कृतिक एव्म पर्यटकिय महत्व बोकेको फूलचोकी, दक्षिणकाली सडक निर्माण गरिनेछ । ६) विद्यालय शिक्षा आजको महत्वपूर्ण विषय हो । उच्च माध्यामीक तह सम्मको शिक्ष नगर भित्र बस्ने सबै समूदायलाई समेट्ने गरि निशुल्क शिक्षाको अवधारणा ल्याईनेछ । ७) हाल भइरहेको नगरका सामूदायिक विद्यालयहरुको स्तर उन्नती गर्ने प्रत्येक टोल टोलमा उच्च माध्यामीक तहको सामूदायिक विद्यालयहरु निर्माण गरिनेछ । ८) गोदावरी क्षेत्र पर्यटकिय एव्म वातावरणीय दृष्टिकोणले विशेष महत्व बोकेको क्षेत्र हो । यहाँको वातावणीय सम्पदालाई बचाइ राख्न वातावरणीय एव्म पर्यावरणीय विश्व विद्यालयको स्थापना गरिनेछ । त्यस्तै चापागाउँ, प्याङ्कगाउँ, ठेचो, बाडेगाउँ, ठैब, लेले कोड्कु, बुरुन्चूली , डुकुछाप जस्ता विभिन्न जात जातीको घना बस्ती भएको क्षेत्रमा त्यस क्षेत्रको सामाजिक साँस्कृतिक विषय वस्तुको अध्ययन गरि साँस्कृतिक पहिचान कायम राख्न विशेष खालको साँस्कृतिक विश्व विद्यालयको स्थापना गरिनेछ । ९) प्रत्येक  सामूदायिक विद्यालयमा ई–लाइव्रेरीको स्थापना गरिनेछ । १०) निजी विद्यालय तथा सामूदायिक विद्यालय विचको खाडल हटाउन हाल सामूदायिक विद्यालयमा भएको अस्वस्थ राजनीतिक प्रतिसप्रधालाई निरुत्साहित गरिनेछ । निजी तथा सामूदायिक विद्यालय विच समन्वय गरी दुबै विद्यालयमा समान स्तरको शिक्षाको विकास गरिनेछ । ११) नगरको सबै क्षेत्रलाई ओगट्ने गरी मम्तीमा ३० किमिको चक्रपथ निर्माण गरिनेछ । १२) गोदावरी नगरपालिकाको विभिन्न स्थानमा वसोवास गर्ने ६० ५ भन्दा वढि कृषि पेशामा आश्रित परिवारका सदस्यहरुलाई मध्यनजर गरि कृषिको पकेट क्षेत्र बनाईनेछ । यहाँ उत्पादन हुने धान, गहुँ, मकै, तोरी, जौ जस्ता वालीहरु विभिन्न जातका फलफूलहरु जस्तै सुन्तला, कागती, ज्यामिर, भोगटे, नास्पाती, स्याउँ, आरु, आलुबखडा, लम्सी आदि को उचित सँरक्षण गरी पकेट क्षेत्र छुट्याई उत्पादन बृद्धिको कार्य योजना तयार पारिनेछ । १३) सिँचाईको अभावमा धेरै भू– भागमा अझै पनि आकासे पानीको भरमा खेति गरिने भएकोले उत्पादनमा ¥हास आएको छ । उत्पादन वृद्धि गर्न नख्खु खोलाबाट उचित सिँचाईको प्रवन्ध मिलाईनेछ । १४) हाल टुक्रिएको जमीनमा खेती गर्ने परम्पराको कारण कृषि उत्पादन कम भई रहेको अवस्थामा ठूला क्षेत्रमा कृषि उत्पादन गर्ने व्यवस्था मिलाउन सामूहिक खेति प्रणालीको अवधारणाको साथै वैज्ञानिकी करणको लागि कम्पनि मार्फत खेती प्रणालीको विकास गरिनेछ । १५) जैविक खेती प्रणालीको विकास गरिनेछ । १६) कृषि पेशामा आधारित कृषक समूहहरु विच विभिन्न तालिम गोष्ठिको आयोजना गरि कृषि प्रविधिको विकास गरिनेछ । १७) पशुपालनको लागि विशेष योजना ल्याईनेछ । १८) केन्द्र स्तरमा समन्वय गरि विभिन्न खाले उन्नत जातको मल, विउ विजन निःशुल्क वितरण गर्ने ब्यवस्था मिलाईनेछ । १९) आफ्नो नगरमा उत्पादित कृषि तथा फलपूmल विक्रि वितरण गर्ने उचीत स्थानको ब्यवस्था विभिन्न वडाहरुमा गरिनेछ । २०) भू–उपयोग नितिलाई पूर्ण रुपमा पालना गराउन नयाँ भू–उपयोग नितिको परिकल्पना गरिनेछ । जस अनुसार वनक्षेत्र, कृषि क्षेत्र , औद्योगीक क्षेत्र, शहरी क्षेत्रको अवधारणा ल्याईनेछ । विशेष परिस्थिति एव्म प्राकृतिक प्रकोप भन्दा अन्य अवस्थामा भू–उपयोग नितिलाई पूर्ण पालना गराईनेछ । २१. हालको सामूदायिक बनक्षेत्रलाई स्थानिय संग सम्बन्य गरी बिशेष संरक्षित क्षेत्रको रुपमा विकास गरि दिगो आर्थिक उर्पाजन गर्ने मूख्य श्रोतको रुपमा उपयोग गरिनेछ । २२. अदिमकाल देखि नै बसोबास हुदै आएको नेपाल राज्य आफैमा अब्यवस्थीत बसोबास भएको स्थान हो । हाम्रो गोदाबरी नगरपालिका पनि त्यसबाट अछूतो छैन । अबका दिनमा अब्यबस्थित बसोबासलाई नियन्त्रण गर्न सामूहिक छैन । अबका दिनमा अव्यबस्थित बसोबासलाई नियन्त्रण गर्न सामूहिक आबासको अबधारण ल्याइनेछ । जहाँ मानव जिवनको लागि आवश्यक पर्ने सम्पूर्ण पुर्बाधार युक्त Satelite City निर्माण को लागि छम्पी, डुकुछाप तथा गोदाबरी , गोदामचौर क्षेत्रमा दुइवटा Satelite City जसमा ३/३ लाख जनसंख्या बसोबास गर्न मिल्ने शहर बनाइनेछ । २३. अनियन्त्रीत तबरबाट जग्गा बिकासको नाउमा गरिने उयिततष्लन लाई निरुत्साहित गरिनेछ । Plotting गर्दा कम्तीमा ५०० परिवार बसोबास गर्न मिल्ने गरि नगरपालिकको मापदण्ड अनुसार Plotting गर्न नगरपालिका आफैले सहयोग गर्नेछ । जसमा आवस्यक पर्ने बिद्युत, खानेपानी, ढलनिकास, सडक तथा अन्य आधारभूत संरचनाको लागि नगरपालिकाले सहयोग गर्नेछ । २४. घर निर्माण गर्दा भुकम्प प्रतिरोधी घर निर्माणको लागि नगरपालिकाबाट दक्ष जनशक्ति परिचालन गरि घर निर्माण सुपरिबेक्षण गर्न सहयोग गर्नेछ । २५. २०७२ सालको भुकम्पमा परि घरबार बिहिन भएका आफ्नो नाँउमा कुनै जग्गा जमिनको निस्सा प्रमाण नभएको ब्यक्तिहरुको पहिचान गरि ३५० बर्गफुट सम्मको एक तल्ले घर सामूहिक आबासको परिकल्पना अनुसार बनाई उपलब्ध गरिनेछ । २६. नगरभित्र बसोबास गर्ने सिमान्तकृत अल्पसंख्यक , अपाङ्गहरुकोलाई आर्थिक उर्पाजनको बिशेष व्यबस्था गरिनेछ । आर्थिक  उर्पाजन गर्न नसक्ने अबस्थामा बिशेष भत्ताको व्यबस्था गरिनेछ । २७. जेष्ठ नागरिकहरुको उतिच संरक्षण गर्न नगरभित्र पहिलो चरणमा १ वटा निशुल्क बृद्वाश्रम बनाइनेछ  भने २ बटा सशुल्क बृद्वाश्रम बनाइनेछ । २८. गोदाबरी नगरपालिका भित्र संचालन हुने सार्बजानिक यातायातमा ६५ बर्ष उमेरपार गरेका जेष्ठ नागरिकलाई निशुल्क बस सेवा व्यवस्था गरिनेछ । २९. ७८ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट अतिरिक्त जेष्ठ नागरिक भत्ता प्रदान गरिनेछ । ३०. कुनै कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकको पहिचान गरि बिशेष आयोगको ब्यवस्था गरि १५ दिन भित्र नागरिकता उपलब्ध गर्ने ब्यवस्था मिलाइनेछ । ३१. बालबालिकाको सामाजीकिरिण उनिहरुको फूर्सदको समय उपभोग गर्न तथा एक अर्का वीच सद्भाव कायम राख्न चिनाजानी बढाउन नगरको हरेक वडामा पहिलो चरण १/१ वटा बालग्राम निर्माण गरिनेछ । ३२ यूवा लक्षीत स्वरोजगारको कार्यक्रम संचालनमा ल्याइनेछ । नगरभित्र बसोबास गर्ने ५००० यूवालाई पहिलो बर्शमा रोजगारीको व्यवस्था मिलाईनेछ । ३३. खेल जगत आजको अपरीहार्य विषय हो । मेरो कार्यकालमा गोदाबारी नगर भित्र सुविधा सम्पन्न् २ वटा कर्भड हल निर्माण गरिनेछ । ३४. नगरको हरेक बडामा कम्तिमा १/१ बटाको दरले ई लाइव्रेरीको स्थापना गरिनेछ । त्यस्तै बृद्वाश्रम भित्र पनि लाइब्रेरीको ब्यवस्था गरिनेछ । ३५. खुल्लादिशा मुक्त क्षेत्रलाई खुल्ला पिसाव मुक्त समेत बनाउन अभियान अनुरुप प्रत्येक बडा तथा टोलटोल आवस्यकता अनुसार अपाङ्गमैत्री ,महिलामैत्री सार्वजानिक शौचालयको ब्यवस्था गरिनेछ । ३६. अन्तराष्ट्रिय मापदण्ड अनुसारको २ वटा सभाहल निर्माण गरिनेछ । जुन सभाहलमा अल्पसंख्यक, सिमान्तकृत एंवम् जेष्ठ नागरिकको कुनै पनि कार्यक्रममा निशुल्क संचालन र्गेन ब्यवस्था मिलाइनेछ । ३७. नगरको आवश्यक स्थानहरुमा ब्यबस्थीत सुबिधा संम्पन्न बसपार्कको स्थापना गरिनेछ । बस स्टेण्ड निमार्ण गरिनेछ । तर सार्वजानिक बसले बसपार्कबाट छुटि सकेपछि बस स्टेण्डमा प्यासेन्जर ओर्लने र उक्लने भन्दा बाहेकको अतिरिक्त समय गाडी त्यतिकै रोकी राख्न पाइने छैन । ३८. प्रत्येक वडा कार्यालय , अस्पताल , सार्वजानीक स्थलहरुमा निशुल्क वाइफाइको व्यवस्था गरिनेछ । ३९. नगरको सुरक्षा ब्यबस्था चूस्तदुरुस्त राख्न प्रत्येक टोल, चोक ,गल्ली तथा सार्वजानिक स्थानमा सि सि टि भि व्यवस्था गरिनेछ । ४०. शहरीकरण  संगै दिनहु हुदै गईरहेको खानेपानीको समस्या हल गर्न आफै नगरभित्र रहेको पानीको श्रोतलाई पहिचान गरि सुरक्षित पिउने पानी हरेकको घर घरमा पु¥याक्ष्ने व्यवस्था गरिनेछ । आवश्यकता अनुसार आकासे पानीको उपयोगिता र महत्वको बारेमा नगरबासीलाई चेतना जगाउने काम गरिनेछ । सुख्खा मौसममा पिउने भन्दा अन्य प्रयोेजनको पानीको लागि ठाँउ ठाँउमा ठूला ठूला पोखरी निर्माण गरिनेछ । ४१. नगरबासीाले आफ्नो घर बनाउदा अनिबार्य रुपमा Shock Pit बनाउनु पर्ने नियमर्लाइ प्रभाबकारी बनाइनेछ । जसको लागि नगरपालिकाले प्रति एक पहिलो घरको लागि रु ५०० नगद अनुदान दिने व्यवस्था मिलाइनेछ । Shock Pit नबनाउने घरको निर्माण सम्पन्न प्रमाणपत्र नगरपालिका दिन बाध्य हुने छैन । ४२. नगरभित्रका फोहोरलाई उचित व्यवस्थापन गर्न प्रत्येक घरमा २/२ वडा dust bin निशुल्क उपलब्ध गराइनेछ । ४३. उचित स्थान पत्ता लगाई व्यवस्थीत ल्याण्ड फिल्ड साइड बनाइनेछ । ४४. नगरभित्रका खानी क्षेत्रहरुको उचित उत्खननको लागि नगरबासीसंग सम्बन्य गरी विशेष व्यवस्था गरिनेछ । ४५. प्राकृतिक प्रकोपको बारेमा जनचेचना बृद्वि गर्न समय समयमा बिभिन्न कार्यक्रमहरु गरिनेछ । ४६. बिभिन्न बिकसीत मूलकका नगरपालिका तथा महानगरपालिका बिच भागिनी सम्बन्ध कायम गरि बिकास निर्माणका काममा नगरबासीहरुलाई देश बिदेश भ्रमणको व्यवस्था गरिनेछ । ४७. अपांङ्गमैत्री नगरबस संचालन गरिनेछ । जुनसुकै उमेरका अपांङ्ग नगरबासीलाई गोदाबरी नगरभित्र निशुल्क सार्वजानिक बस सेवा उपलब्ध गराइनेछ । ४८. सार्वजानिक यातायात संचालन गर्नकोलागि ब्यक्तिगत भन्दा पनि संस्थागत संरचनामा जोड दिइनेछ । जसको लागि नगरपालिकाले बिभिन्न आर्थिक छुटको एबअपबनभ प्रदान गर्नेछ । ४९. कर प्रणालीलाई चुस्त दुरुस्त बनाई राख्न बिभिन्न कार्यक्रमहरु ल्याइनेछ । नगर बिकास गर्न पक्कै पनि आर्थिक श्रोत त हुनैपर्छ । नगरभित्र रहेको अव्यवथीत बजार प्रणाली  उत्पादन, वितरण, निर्माणको काममा उचीत प्रशासनको संयन्त्र खडा गरिनेछ । "मेरो नगर मेरो रहर ” को नारालाई सार्थकता प्रदान गर्न कर व्यवस्थालाई समयानुकुल परिबर्तन गरिनेछ । ५०. प्राकृतिक प्रकोपको बेला मानब जीबनको सहायताको लागि सामूहिक आबास केन्द्रको स्थापना गरिनेछ । ५१. प्रत्येक सामूदायिक बिद्यालयमा कम्तीमा एउटा ई कलासको ब्यवस्था गरिनेछ । ५२. ठेचो, चापागाँउ , देबीचौर ,लेले, गोदाबरीलाई बिशेष  सास्कृतीक , पर्यटकीय क्षेत्र धोषण गरिनेछ । ५३. सार्बजानिक जमीनहरुको लगत संकलन गरी उचीत रेखदेख संरक्षण गरी स्थानीयलाई उपयोग गर्ने ब्यवस्था मिलाइने छ । ५४. स्थानीय पुरातात्विक महत्वको अभिलेख श्रोत तथा साधनहरुको उचित सम्बधर्नको लागि नगरभित्र तिनबटा संग्रहालय बनाइने छ । ५५. हाम्रो नगरको बसोबास आफैमा अव्यवस्थीत भएको कारण बाटोबिस्तारको क्रममा हुन जाने क्षतिको उचित लेखाजोखा राखी जो परिबार घरबार बिहिन हुने छन् उनीहरुको लागि कम्तीमा ५०० बर्ग फिटको सामूहिक आवासको व्यबस्था गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित