ओलीले ‘रअ’का व्यक्तिलाई भेट्ने योजना वनाएपछि एमालेमा विवाद,नेपाल समुहको अलग भेला
काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र माधवकुमार नेपाल समूहबीच गम्भीर मतभेद सार्वजनिक भएको छ । एमाले अध्यक्ष ओली उपचारका लागि सिङ्गापुर गएको दोस्रो दिन नेपाल समूहले काठमाडौंमा अलग भेला गरेपछि पार्टीभित्रको विवादले उत्कर्ष लिएको खुलासा भएको हो । स्थानीय तहको चुनाव नजिएका बेला नेपाल समूहका काठमाडौं सहइञ्चार्ज सुरेन्द्र मानन्धरले गुटको अलग भेला बोलाएका हुन् । भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सचिव योगेश भट्टराई सहितका नेताहरूको सहभागिता रहेको स्रोतले जनाएको छ । ओली पक्षले ३ नम्बर प्रदेश कमिटीको निर्णय नमानेपछि समानान्तर कमिटी गठन गर्न आयोजित नेपाल समूहको भेला केही शीर्ष नेतृत्वको आग्रहपछि चुनावी भेलामा परिणत भएको स्रोतले जनाएको छ ।
काठमाडौंको नयाँबजारस्थित नेपाः बैंक्वेटमा करीव ५ सय अगुवा कार्यकर्ताको सहभागितामा भएको समानान्तर भेलामा अध्यक्ष ओलीको चर्को आलोचना भएको थियो । सचिव योगेश भट्टराईंले नवौं महाधिवेशनको म्याण्डेट अब उल्टिसकेको बताए ।
भट्टराईले आफ्नो बर्चस्व रहेको जिल्ला कमिटी भएको ठाउँमा एकलौटी ढंगले उम्मेदवार सिफारिस भएमा चितवनमा ओली पक्षको कसैलाई पनि सिफारिस नगर्ने चेतावनी दिए । उनले काठमाडौंभित्र सबैलाई मिलाएर लैजानुपर्ने बताए । ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का व्यक्तिलाई भेट्ने एनालेका एक नेताले वताए छ । स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो ।
पछिल्लो समय भारतीय गुप्तचर संस्था ‘रअ’ले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ । बैंकक उड्नुअघि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भारतको इसारामा चलेको आरोप लगाउँदै आएका थिए ।
पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले बैंककमा राजनीतिक गोप्य भेटवार्ताको योजना बनाएको खुलासा भएको हो । अघिल्लो माघमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि गत हप्ता थाइल्याण्ड पुगेका छन् । नेपालको सुरक्षा संयन्त्रले स्थानीय निकायको निर्वाचनमा एमालेको अवस्था खस्कीने भन्दै गोप्य रिपोर्ट निकालेपछि एमाले अध्यक्ष ओली आत्तिएका हुन् ।
पछिल्लो समय आफुलाई राष्ट्रवादी भन्दै चलचित्रदेखि म्युजिक भिडियोसम्ममा अभिनय गरेका ओलीले दिने गरेको अभिव्यक्तीले पार्टी संकटमा फसेको भन्दै एमाले नेताहरुले वैठकमै ओलीको आलोचना गरेका थिए ।
प्रतिक्रिया