‘रअ’ प्रमुखसँग गोप्य भेटवार्ता गर्न ओली बैंकक पुगेको खुलासा
काठमाडौं : स्वास्थ्य उपचार गराउनका लागि भन्दै थाइल्याण्डको राजधानी बैंकक पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का व्यक्तिलाई भेट्न गएको खुलेको छ । स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था ‘रअ’ले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ । बैंकक उड्नुअघि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भारतको इसारामा चलेको आरोप लगाउँदै आएका थिए । पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले बैंककमा राजनीतिक गोप्य भेटवार्ताको योजना बनाएको खुलासा भएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य सहभागि छन् । अघिल्लो माघमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि गत हप्ता थाइल्याण्ड पुगेका छन् । नेपालको सुरक्षा संयन्त्रले स्थानीय निकायको निर्वाचनमा एमालेको अवस्था खस्कीने भन्दै गोप्य रिपोर्ट निकालेपछि एमाले अध्यक्ष ओली आत्तिएका हुन् । पछिल्लो समय आफुलाई राष्ट्रवादी भन्दै चलचित्रदेखि म्युजिक भिडियोसम्ममा अभिनय गरेका ओलीले दिने गरेको अभिव्यक्तीले पार्टी संकटमा फसेको भन्दै एमाले नेताहरुले वैठकमै ओलीको आलोचना गरेका थिए । अहिले भारत भ्रमणमा जाँदा पनि राम्रो सन्देश नजाने बरु बाहिर अन्य कतै भेट्न ओलीले भारतीय दुतावासका कर्मचारीहरुलाई आग्रह गरेका थिए । ओलीकै आग्रह अनुसार उपचार पनि हुने र राजनीतिक छलफल पनि हुने भन्दै बैंकक त्यसका लागि उपयुत्त हुने निस्कर्ष निकालीएको थियो । निर्वाचनबारे नेपाली खुफिया रिपोर्टमा एमालेको खस्कदो नतिजा निकालेपछि एमाले अध्यक्ष ओलीले माओवादीलाई स्थानीय निकायको निर्वाचन सार्न आग्रह समेत गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले यस अघि नै खुलासा गरिसकेका छन् ।
प्रतिक्रिया