व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम :महामन्त्री कोइराला

sashankबिराटनगर । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले व्यवस्थापिकाको नियन्त्रणमा न्यायपालिका राख्न आवश्यक रहेको बताएका छन् । सरकार नेपाल प्रहरीको आइजीपी नियुक्तिका विषयमा निर्णयमा पुग्न नसकिरहेका बेला कांग्रेस महामन्त्री कोइरालाको यस्तो भनाइ सार्वजनिक भएको हो । महामन्त्री कोइरालाले बिराटनगर विमानस्थलमा आज  पत्रकारसँग कुरा गर्दै भने व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको छ, शक्ति सन्तुलनका लागि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक छ ।

कांग्रेस नेता कोइरालाले प्रहरीको आइजीपी नियुक्ति सरकारको कार्यक्षेत्रभित्र पर्ने भन्दै आइजीपी नियुक्ति गर्ने विषयमा अनावश्यक रुपमा अदालतले हस्तक्षेप गरेको आरोप समेत लगाए । कोइरालाले प्रहरीको आईजीपी कसलाई नियुक्त गर्ने भन्ने कुरा सरकारको भएको बताउदै त्यो न्यायपालिकाको कार्यक्षेत्र बाहिरको कुरा भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित