सरकार गिराउन खोज्ने एमालेको खेल असफल,मोर्चासँग समझदारी गर्न निर्वाचन दुई चरणमा गर्ने प्रचण्ड र देउवाको निश्कर्श
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चासँग सहमति भए निर्वाचन दुई चरणमा गर्न सकिने बताएका छन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा दुई चरणमा निर्वाचन गर्ने गरी मोर्चासँग समझदारी गर्न देउवा तयार देखिएका हुन । यो सँगै माओवादी केन्द्रसँग मिलेर सरकार गिराउन खोज्ने एमालेको खेल असफल हुने देखिएको छ । साथै, निर्वाचन दुई चरणमा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावलाई पुरा हुने भएको छ ।
बैठकमा मोर्चासँग सहमतिको प्रयास भइरहेको पनि देउवाले जानकारी गराएका थिए । वैशाख ३१ को मिति सार्दा निर्वाचन नै नहुने खतरा रहने भएकाले मोर्चाको माग सम्वोधनका लागि दुई चरणमा भएपनि निर्वाचन गर्नका लागि कांग्रेसले प्रधानमन्त्री प्रचण्डको प्रस्ताब मानेर लचकता अपनाएको हो ।
कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचन्डलाई लाई एकैचरणमा निर्वाचन गर्नेगरी मोर्चासंग समझदारी गर्न आग्रह गर्दै आएका थिए । बैठकमा नेता रामचन्द्र पौडेलले उपप्रधानमन्त्रीको बरियात र प्रहरी प्रमुख नियुक्तिका बिषयमा कुरा उठाएपनि देउवाले भने निर्वाचनको बिषयमा मात्र केन्द्रित भएर कुनै प्रतिक्रिया नजनाएको एक केन्द्रिय सदस्यले वताए ।
बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सीमाकंनबाहेकका पाँच विषयमा संविधान संशोधन गरेर यहि सत्ता समिकरणलाई निरन्तरता दिई निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । सांसद रामहरी खतिवडाले न्यायधिश नियुक्तिकै बेला पार्टीले गल्ती गरेको वताउँदै भने -'उतिबेला सांसद भएको व्यक्तिलाई न्यायधिश बनाउन हुन्न भन्दा नेताहरु ठिकै छ भन्ने, अहिले अदालतले यस्तो गऱ्यो भनेर भन्न मिल्छ ?’
प्रतिक्रिया