प्रचण्डप्रति किन शंका गर्दैछ मोर्चा ?

PM_meets_morcha_03262016_DSC5608-16032017090615-1000x0काठमाडौं । सीमाङ्कनको विषय चटक्कै छाडेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूका झिनामसिना माग पनि पूरा नगर्ने हुन् कि भनेर ठूलो आशंका जनाउन थालेको छ । आयोग बनाएर भए पनि स्थानीय तहको चुनावमा सहभागी हुने संकेत गरिसकेको मधेसी मोर्चालाई देखाएर प्रचण्डले स्थानीय निर्वाचन विथोल्न षड्यन्त्र गरेको खुलासा भएको छ । स्रोतका अनुसार प्रचण्ड मधेसी मोर्चाका साधारण माग पनि पूरा गर्ने पक्षमा छैनन् । संयुक्त बैठकहरूमा मधेसी मोर्चाको प्रवक्ता सरह धारणा राख्ने गरेका प्रचण्डले पछिल्लो दिनमा मोर्चाका मागका विषयमा खासै चासो नदिएको आरोप छ ।

 मोर्चाले सीमाङ्नको विषयलाई तत्काली थाँती राखेर स्थानीय तहको निर्वाचनमा जाने मनस्थिति बनाईसकेको छ ।मोर्चाको यो कुरा बुझेका प्रण्चडले जसरी पनि भड्काउने योजना बुनेका छन् । तर, मधेसी मोर्चा पनि प्रचण्डको योजनाबाट जानकार रहेको स्रोतको भनाई छ । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचन मधेसी मोर्चालाई देखाएर साने पक्षमा छन्’, स्रोतले भन्यो, ‘आफ्नो सत्ताको आयू लम्बाउन प्रचण्डले अनेकौ तिकडम अपनाएका छन् । मोर्चा चुनावको विरोधी होइन ।’ मोर्चाका ती नेताका अनुसार स्थानीय तहको निर्वाचनको विरोध प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी माओवादी केन्द्र हो ।चुनावको तयारी स्वरुप मधेसी मोर्चाका अधिकांश दलहरूले दल दर्ता नै गराइ सकेका छन् । आफ्ना कार्यकर्तालाई संरक्षण गर्नका लागि मोर्चाले चुनावलाई बाहिरी रुपमा विरोध गरे पनि भित्रभित्रै प्रयोग गर्ने योजना बनाई रहेको छ ।

  प्रचण्डले छिटोभन्दा छिटो सहमति जुटाएर समस्याको समाधान खोज्नु पर्ने अन्यथा वैशाख दोस्रो सातादेखि आन्दोलनको आँधीबेहरी ल्याउने मोर्चाका एक नेताको चेतावनी छ । मधेसी मोर्चाले सहमति भयो भने वैशाख ३१ गते पहाडी जिल्ला र जेठ १५ भित्र तराईका जिल्लाहरूमा चुनाव गर्न प्रस्ताव गरेको छ । मोर्चाले राखेको दुई चरणको चुनावको मितिमा प्रमुख दलका नेताहरू नजिक पुगेका छन् ।

यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित