निर्वाचनको काम अगाडि नबढाउन विप्लवको यो कस्तो उर्दी
सिरहा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनको काम अगाडि नबढाउन उर्दी जारी गरेको छ । हालै जनकपुरमा सम्पन्न जनकपुर व्यूरोको प्रथम पूर्ण बैठकबाट यस्तो निर्णय गरेको हो ।
जनकपुर व्यूरो इन्चार्ज सन्देशले विज्ञप्ति जारी गरेर कर्मचारीलाई निर्वाचनमा भाग नदिन र कसैलाई पनि उम्मेदवार नबन्न उर्दी जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ– सरकारले घोषणा गरेको कथित निर्वाचन जनताको मुक्तिको साधन नभइ दलाल पुँजिवादी संसदीय व्यवस्था रक्षाको औजार मात्रै भएको छ । त्यसैले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीलगयात देशभर चुनावलाई खारेज गरिनेछ ।
प्रतिक्रिया