राजदूतले दउवासँग डिनर पार्टी गरेको चाल पाएपछि ओली ‘पानीपानी’
काठमाडौं । नेपालका लागि भारतीय राजदूत मनजिभसिंह पुरीसँगको भेटपछि उत्साहित भएको एमाले र त्यस दलका शीर्ष नेताहरूमा फेरि एकाएक निराशा छाएको छ । सत्ताबाट च्युत भएको एमालेले फेरि पनि सत्तामा जान भारतसँग सबै प्रकारका हत्कण्डा अपनाइ सकेको छ । कथित राष्ट्रवादीको बिल्ला होस् वा नयाँदिल्लीमा सूत्रहरू पठाएर गरिएका प्रयास सबै असफल भइसकेका छन् ।
कांग्रेसभन्दा लामो समय सत्तामा बसेर कुनै पनि विकासका काम गर्न नसकेको एमालेले सत्ताको नेतृत्व पाउन ठूलै कसरत गरिरहेको छ । गत शनिबार काठमाडौं आएका भारतीय राजदूत पुरीले सोही राति कांग्रेसका सभापति शेरबहादुर देउवासँग डिनर भेटवार्ता गरेका थिए । त्यसको दोस्रो दिन एमालेका अध्यक्ष केपी ओलीसँग परामर्श गरेका थिए ।
आइतबारको त्यो भेटलाई एमालेले भारतसँगको सम्बन्ध सुधारका लागि प्रचार गर्ने प्रयास गरे पनि अन्तिममा तुहिएको छ । भारतीय राजदूत पुरीले एमालेको कथित राष्ट्रवादी चरित्रले नेपाल–भारतको सम्बन्धमा झन् समस्या उत्पन्न गरेको भन्दै तत्काल एमालेलाई सत्तामा जान नदिने निर्वतमान राजदूत रणजीत रायको पदचापलाई पच्छाएका छन् ।
यो कुरा चाल पाएपछि केपी ओली एण्डक कम्पनीहरू आगो भएको स्रोतको भनाइ छ । अहिले एमालेका नेताहरूले भारतीय नयाँ राजदूतले एमालेलाई पहिला भेट नगरेर धोका दिएको टिप्पणी गर्न थालेका छन् । राजदूत पुरीले संसदको ठूलो दल नेपाली कांग्रेसलाई समर्थन गर्नु स्वभाविक पनि हो । कांग्रेसलाई धेरै काखी नच्याप्न एमालेका नेताहरूले लैनचौरसम्म कुरा पु-याएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया