भ्रमण पूर्ण सफल रहेको प्रचण्डको दाबी, निर्वाचन नरोकिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुक निर्वाचनमा गइसकेको भन्दै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नरोकिने बताएका छन् ।
चीनको भ्रमणबाट बुधबार स्वदेश फर्केका प्रधानमन्त्रीप् रचण्डले त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा आगामी वैशाख ३१ गते हुने निर्वाचनको वातावरण बनाउन मधेस केन्द्रित दलहरुसँग नमिलेका अहिले र बाँकी विषयहरु केन्द्रीय निर्वाचन अघिसम्ममा सम्बोधन गर्दै अघि बढ्ने बताए ।
उनले कतिपय विषयहरुमा प्रमुख प्रतिपक्षी एमाले, मधेसी दलहरु र सत्ता साझेदार दलहरुसँग आजैदेखि छलफल गरिने प्रस्ट पारे । उनले नेपालले गतवर्ष जारी गरेको नयाँ संविधान कार्यान्वनयमा चीनको सद्भाव रहेको बताए । आफ्नो भ्रमण पूर्ण सफल रहेको प्रधानमन्त्रीको दाबी छ ।
प्रतिक्रिया