देउवा र पौडेलबीचको सहमतिमा कार्यसम्पादन समिति

Dewaकाठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले २९ सदस्यीय कार्य सम्पादन समितिलाई अनुमोदन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमतिमै कार्यसम्पादन समिति गठन गरिएको हो । देउवाले आफू सभापति भएको एक वर्षपछि सहमतिमै कार्यसम्पादन समिति गठन गर्ने तत्परता देखाएका हुन् ।

दुई नेताबीच पदेन सदस्यबाहेक केन्द्रीय कार्यसमितिको बरियताक्रमअनुरूप २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने भएका छन् । विधानअनुरूप सभापति अध्यक्ष रहने समितिमा नेता, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री पदेन सदस्य हुनेछन् । त्यसबाहेक संसदीय दलका नेता र पार्टी प्रवक्ता पनि स्वतः समिति सदस्य रहनेछन् । सभापतिको सिफारिसमा केन्द्रीय समितिको बहुमतले मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन भइनसकेकाले उनीहरूको स्थान खाली रहनेछ ।

प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा। रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरि, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा समिति सदस्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित