प्रधानन्यायाधीशले सरकार होइन, अदालत चलाउने हो : भुपेन्द्रजंग शाही- महामन्त्री तरुण दल
काठमाडौं । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले सर्बोच्च अदालत सम्मानित संस्था भएकोले राजनीतिक बिसयमा बिबादास्पद निर्णय गर्नु गलत भएको बताउनु भएको छ। महामन्त्री शाहीले भन्नु भयो - 'राजनीतिक नियुक्तिमा कस्लाई गर्ने, कसलाई नगर्ने भन्ने कुरा सरकारको काम हो, सरकारको काम अदालतले गर्ने होइन, प्रधानन्यायाधीशले सरकार होइन अदालत चलाउने हो।'
आइजिपी नियुक्ति गर्ने सरकारको संबैधानिक अधिकार माथी अदालतले हस्तक्षेप गर्नु स्वतन्त्र न्यायपालिकाको मर्म बिपरित भएको उहाको भनाइ छ । अदालतले आफ्नो सिमा र मर्यादा भन्दा बाहिर गएर राजनीति गर्न खोज्नु र फलानो लाई बना अनि अर्को लाई नबना भनेर भन्नू भनेको लोकतान्त्रिक मुल्य मान्यताको उपहास भएको शाही बताउनुन्छ ।
महामन्त्री शाहीले भन्नु भयो- ' अदालतको यस्तै रबैया हो भने भोलि मन्त्री र प्रधानमन्त्री बन्न पनि अब प्रधानन्यायाधीशले नै तोक्ने दिन आउनेछ।
यदि सरकारको निर्णय गलत भय त्यस्को रजनितिक रूपमा बिरोध गर्ने अधिकार जनताको हो । तर, अदालतले प्रतिपक्षी दल जस्तो व्यबहार देखाउनु हुन्न। अदालत निस्पक्ष हुनु पर्छ ।' पलपलखबरडटकमबाट
प्रतिक्रिया