ओली किन बन्दैछन् अनन्तुलित ?
मधेसी मोर्चाका नेता र मधेसी जनताप्रति घृणा फैलाउने गरेर आउने उनका अभिव्यक्तिले ओली र एमालेका नेताहरू राजनीतिक रुपमा कति तर्सित छन् भन्ने देखाउँछ । विरोधीहरूको कटु आलोचना र कथित राष्ट्रवादी अभिव्यक्तिले ओलीको वामपन्थी इतरमा चर्चा भएपनि उनको बास्तविकता बुझ्नेहरू रतिभर चिन्तित छैनन् । भारतसँगको आफ्नो सम्बन्धलाई सुधारका पक्षमा लागेका ओलीले बेलाबेलामा आफ्ना अभिव्यक्ति असन्तुलित गराउने गरेका छन् । ओलीका यिनै अभिव्यक्तिबाट उत्सव मनाउँदै आएका एमालेको एउटा समूहले संसार जितेसरह दम्भ देखाउन थालेका छन् । उनीहरूले एमालेले मुलुक कब्जा ग¥यो भनेर भन्न पछि परेका छैनन् । ओलीले किन बिबादास्पद अभिव्यक्ति दिइरहेका छन् ? एक पटक नियाल्ने हो कि ? ओली अहिले सबैको ध्यान आफूतिर केन्द्रित गर्न चाहन्छन् । सत्ताबाट च्युत भएपछि आक्रोशित बनेका ओलीले कांग्रेस, माओवादी, मधेस केन्द्रित दलका नेता कसैलाई आलोचना गर्न बाँकी राखेनन् । यतिसम्म कि उनले भारतले आफ्नो सरकार गिराइदिएको भनेर खुलेआम आलोचना गर्न भ्याए । तर, अहिले आएर भारतको उनले आलोचना गर्दैनन् ।
बरु आफ्ना आसेपासे र दोस्रो तहका नेताहरूलाई भारतको आलोचना गर्न लगाईरहेका छन् । वर्तमान सत्ता गठबन्धनमा विभाजन ल्याएर सत्ताको नेतृत्व वा आफ्ना मन्त्रीहरू बनाउने योजनामा देखिएका ओलीलाई समयले त्यति सजिलो अवस्था दिएको देखिदैन । एमालेलाई घेराबन्दी हुन थालेको भनेर अहिले आएर बुझ्दै गरेका ओलीले सरकार र सत्तारुढ दलहरूविरुद्ध जथाभावी रुपमा अभिव्यक्ति दिन थालेका छन् ।
उनको अभिव्यक्ति प्रतिपक्ष दलको रुपमा केही हदसम्म ठीकै रहे पनि सरकारका सानातिना कुरामा समेत जथाभावी टिप्पणी गर्ने कार्यले उनी साँच्चिकै राजनीतिक रुपमा बिक्षिप्त भएको देखाउँदैछ । उनका अभिव्यक्तिले त्यही कुरालाई देखाउँदैछ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया