मोर्चालाई मिलाउने प्रधानमन्त्रीको प्रयास असफल

PM_meets_morcha_03262016_DSC5608-16032017090615-1000x0काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ ले मधेसी मोर्चासँग गरेको सहमति प्रयास असफल भएको छ । प्रधानमन्त्री दाहालले विहिबार साँझ पुनः मोर्चालाई स्थानीय चुनावमा भाग लिन आग्रह गरेका थिए । सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको भोलिपल्ट मधेसी मोर्चासँग बिहीबार साझ वार्ता गर्दै दाहालले यस्तो आग्रह दोहोर्‍याएका हुन् । तर, मोर्चाका नेताहरुले भने सहमति खोज्नभन्दा पनि आफूहरुलाई चुनावको पक्षमा दबाब दिन बोलाइएको भन्दै सहमति जनाएनन् । मोर्चाका नेताहरुले प्रादेशिक सीमांकन विना चुनावमा जान नसकिने अडान दोहोर्‍याएपछि वार्ता निष्कर्षविहीन बन्न पुगेको हो । बुधबारको मोर्चा बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ताको औपचारिक घोषणा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा गर्नेगरी कार्यक्रम सार्वजनिक गरेपछि दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा लगायतले सरकार स्थानीय चुनावलगत्तै संविधान संशोधनका लागि तयार रहेकाले समर्थन फिर्ता नलिन फेरि आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित