मधेसी मोर्चाले गरेको बन्दका क्रममा दुई दर्जन पक्राउ
काठमाडौं । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्दका क्रममा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ। २५ जना बन्दकर्तालाइ सातदोबाटोबाट प्रहरीले विहानै नियन्त्रणमा लिएको छ।
सातदोबाटो चोकमा बसेर सवारी साधन रोक्न र तोडफोड गर्ने प्रयास गरेका कारण नियन्त्रणमा लिइएको उनले बताए। उनीहरु सबै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका कार्यकर्ता हुन् ।
त्यस्तै काठमाडौं प्रहरीले पनि बल्खुबाट ४ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।सप्तरी घटनाको विरोध संविधान संशोधन गर्नुपर्ने र स्थानीय निकायको चुनाव मिति स्थगित गर्नुपर्ने मागसहित मोर्चा आन्दोलनमा छ। बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ ।
प्रतिक्रिया