एमालेको योजना चकनाचुर

kp sharma oliकाठमाडौं । भारतलाई गाली गरेकै भरमा राष्ट्रवादी पहिचान बनाएको एमालेले सप्तरीमा ठूलो धक्का खाएपछि आत्तिएको छ । करोडौ खर्च गरेर मेची महाकाली राष्ट्रिय अभियानका नाममा झापादेखि शुरु भएको एमालेको अभियानमा सप्तरी पुगेर ढुङ्गा लागेको हो । एमालेका अध्यक्ष केपी ओली र नेताहरूको कटु आलोचनाबाट रुष्ट बनेका मधेसी जनताले सप्तरीमा एमालेका नेताहरूलाई कडा जवाफ दिएका छन् । त्यसको बदलामा उनीहरूले तीन जना शहीद जन्माउनु परेको छ । शान्तिपूर्ण राजनीतिको बहाना बनाएको एमालेका नेताहरूको दम्भका कारण सप्तरीमा नराम्रो हार भएको हो । स्रोतका अनुसार एमालेका नेताहरूले राष्ट्रवादी कुरा गरेपछि सबैको समर्थन पाइन्छ भन्ने भ्रम तोडिएको छ । मधेसी जनतालाई होच्याउने गरेर गाली गर्दै आएका एमालेका नेताहरूलाई सप्तरीको राजविराजमा ज्यान जोगाउन हम्मेहम्मे परेको थियो । सुरक्षाकर्मीको बाक्लो घेरामा रहेका एमालेका नेताहरूले बालबाल ज्यान जोगाएर काठमाडौं आएका छन् । उनीहरूमा राजविराजको डर र त्रास हराएको छैन । तराई झर्न उनीहरू डराइ रहेका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरूले एमालका नेताहरूलाई आक्रमण गरे पनि ज्यान भने जोगिएको थियो । शान्तिपूर्ण राजनीति गर्न सबैलाई छुट छ । तर, एमालेका नेताहरूले विगतमा जसरी मधेसी जनताविरुद्ध विषवमन गरेका थिए त्यसको बदला राजविराजमा लिएका छन् । अरु जिल्लाहरूमा पनि एमालेका नेताहरूलाई आक्रमण गरेर मधेसी मोर्चाले बदला लिएको छ । एमालेले अब मधेसमा आफ्नो उपस्थितिलाई लिए गम्भीर रुपमा सोच्नु पर्ने अवस्था आएको छ । उसका अराजक क्रियाकलापले एकपटक ठूलै धक्का पाएको छ ।-यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित