सप्तरी घटनाको छानविन गर्न एमालेको माग, गृहमन्त्री निधीको भूमिकाप्रति असन्तुष्टि

yamaleकाठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेले सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको दाबी गर्दै  उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाएको छ । घटनापछि ३ दिनलाई अभियान स्थगित गरेर काठमाडौं आएका एमालेले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ । एमालेको मेची–महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको छ ।एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको दाबी गरिएको छ । आफ्नो मेची–महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला–बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको एमालेले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित