राजदूत नियुक्तीको बिषय केन्द्रिय समितिमा छलफल हुन सक्दैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तीको बिषय केन्द्रिय समितिमा छलफल नहुने बताएका छन् । देउवाले सिफारिस पुनर्विचार गर्न नसकिने बताए।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राजदूत सिफारिसमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिएका थिए । सभापति देउवाले राजदूतथ नियुक्तिबारे केन्द्रिय समितिमा अहिलेसम्म छलफल नभएको स्पस्टिकरण दिएका छन् ।
सिंहदरबारमा पत्रकारहरुमाझ कुरा गर्दै देउवाले राजदूत नियुक्तिबारे छलफल हुन नसक्ने जिकिर गरे । उनीहरुले राजदूत नियुक्तिको विषय सच्याउनुपर्ने माग भन्दै देउवासँग लिखित रुपमा माग गरेका थिए।
प्रतिक्रिया